काठमाडौं । आफ्ना नेतामाथि पूर्वाग्रही ढंगले अख्तियार लगाएर कारवाही गराएको भन्दै नेपाली कांग्रेसले आजको संसद बैठक पनि अवरुद्ध गर्ने भएको छ । शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले संसद अवरुद्ध गर्ने निर्णय गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसले बिहीबारको संसद बैठक पनि अवरुद्ध गरेको थियो ।