काठमाडौ । बालुवाटरको ललिता निवास प्रकरणमा नेपाली कांग्रेसका उपसभापति बिजग गच्छदारलाई उन्मुतmी दिनुपर्ने माग गर्दै कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ ।
अख्तियार दुरुपयोग अनुस्नधान आयोगले छानवीन गरी बिषेश अदालतमा पेश गरेको मुद्धा पूर्वाग्रही भएको भन्दै कांग्रेसले नेता गच्छदारलाई उन्मुति दिनुपर्ने माग गर्दै संसद अवरुद्ध गर्नुका साथै भ्रष्टाचारीलाई कारवाही गर्न नहुने भन्दै सडक आन्दोलन समेत श्ुरु गर्न लागेको छ ।
नेता शेरबहादुर देउवाको निवासमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति गच्छदार, महामन्त्री शशांक कोइराला,कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, डा.मिनेन्द्र रिजाल, बालकृष्ण खाँण, पुष्पा भुषाल, ज्ञानेन्द्र कार्की, सुरेन्द्र पाण्डे र सरिता प्रसाई छलफलमा उपस्थित थिए।