काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको पहिलो केन्द्रिय कमिटीको बैठकमा पार्टी अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी ओलीले आफ्नो र सरकार बिरुद्ध प्रचार युद्ध छेडिएको बताउनु भएको छ ।
केन्द्रिय कमिटीको बैठकमा सरकारी मिडियाबाट लाईभ गरिएको उक्त बैठकमा राष्ट्रको हित नचाहाने तत्व सक्रिय भएको बताउदै उहांले अव सरकार जस्तो सुकै प्रचारबाजी गरिएपनि सरकारले काम गर्ने बताउनु भएको छ ।