काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले अन्तत सभामुखको उम्मेद्वार अग्नी सापकोटालाई वनाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली संसदीय दलका उपनेता सुवास नेम्वाडलाई सभामुख वनाउने पक्षमा भएपनि अन्तत पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाहेका सापकोटा सभामुखको उम्मेद्वार वन्न सफल भएका हुन् ।
पार्टी सचिवालयको आइतवार वसेको वैठकले सापकोटालाई उम्मेद्वार वनाउने निर्णय लिएको हो । सचिवालय वैठकले प्रक्रिया अगाडि वढाउन सहज पार्नका लागि उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेलाई राजीनामा दिन अनुरोध गरेको छ ।
सभामुखका उम्मेद्वार सापकोटा विरुद्ध अझै पनि द्वन्दकालीन मुद्धाहरु वांकी रहेकोले उम्मेद्वार नवनाउन अधिकारकर्मीहरुले दवाव दिंदै आएका थिए ।