नेकपाभित्रको शक्ति संघर्ष चुलिँदै गएका कारण प्रधानमन्त्री केप ीओली विरोधी समूहले उनको विकलपमा वामदेव गौतमलाई अघि सार्ने तयारी गरेको छ ।
पार्टीभित्रको असहमतका कारण पक्षसंग पनि अत्यन्तै अनुदार मानिएका ओलीलाई शक्ति संघर्ष चर्किदै जाँदा प्रधानमन्त्रीबाट हटाउनुपर्दा उनको विकल्पमा गौतमलाई अघि सार्ने गरी अध्यक्ष पुष्पकमल दाहाल पक्षले तयारी गरिरहेको नेकपा स्रोतहरुले जानकारी दिएका छन् ।
दाहाल पक्षको यो तयारीमा पूर्वएमाले नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालको पनि साथ छ । यही तयारी अनुसार दाहाल पक्षले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने व्यवस्थासहितको संविधान संशोधनको छलफल अघि बढाएको हो ।
केही दिनअघि मात्र भैंसेपाटीस्थित गौतम निवासमा बसेको नेकपा सचिवालयका बहुमत सदस्यहरुको बैठकमा सभामुख पदको निर्वाचन पक्रिया अघि बढाउन उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गर्न लगाउने र राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने व्यवस्थासहितको संविधान संशोधनका लागी पार्टीभित्र जनमत सिर्जन ागर्ने आन्तरिक सहमति भएको स्रोतले बतायो । गौतम हाल संसद् सदस्य छैनन् ।
उनलाई राष्ट्रियसभामा ल्याउने तयारी भइरहेको छ । यो कुरालाई पुष्टि गर्दै पूर्वएमाले नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एक टेलिभिजन अन्तर्वार्तामा राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्नसक्ने व्यवस्थासहितको संविधान संशोधन गर्ने विषयमा छलफल अगाडि बढेको र यसमा आफ्नो पार्टी एकमत भएको दाबी गरेका थिए ।
स्रोतका अनुसार ओलीलाई प्रधानमन्त्रीबाट हटाउँदा अर्को प्रधानमन्त्रीको स्वभाविक दाबेदार दाहाल भएपनि उनलाई पाँच वर्षकै लागि प्रधानमन्त्री पूर्वएमालेको भागमा पर्ने गरी सहमति भएका कारण ओलीले आफू हट्नै पर्ने अवस्था आए आफ्नो उत्तराधिकारीका रुपमा उपप्रधानमन्त्री ईश्वर पोख्रललाई अघि सार्ने सम्भावना छ ।
त्यो अवस्थामा पूर्वएमाले र पूर्वमाओवादीको कित्ता विभाजन हुँदा दाहाललाई सघाउन नेपाल र खनाल तथा गौतमलाई आम पूर्वएमाले कार्यकर्ताबीच नैतिक संकट आउँछ । यसको प्रभाव छिट्टै हुने महाधिवेशनमा पनि पर्ने अवस्था छ ।
त्यही भएर गौतमलाई विकल्पका रुपमा अघि सार्दा पूर्वएमाले र पूर्वमाओवादी कित्ताको नैतिक संकट पनि नपर्ने र स्वाभाविक रुपमा ओलीलाई हटाउन बहुमत पनि हुने देखिएकाले दाहल पक्षले यो तयारी गरेको हुन सक्ने स्रोतकाृे भनाइ छ । उनीहरुको यो तयारी सफल हुने सम्भावना भने निकै न्यून छ ।
संसदीय व्यवस्थाको मुल मर्म र मान्यताविपरित जनताबाट सीधा निर्वाचित नभएको अर्थात प्रतिनिधिसभाको सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री बन्ने वयवस्थासहितको संविधान संशोधन त्यति सजिले पारित होला भनेर पत्याउने आधार भने देखिँदैन ।
देशान्तर साप्ताहिक