काठमाडौ । आफू दुई तिहाइको विजेता भनी बताइरहने सत्तारुढदल नेकपामा सभामुख पद लाजमर्दो हुँदै छ ।
यस्तो मत पाएपछि सर्वसम्मत भएका पहिलो सभामुख आफ्नै कार्यालयकी महिला कर्मचारीमाथि बलात्कार गर्न खोजेको आरोपमा मुछिए । यतिबेला उनी पुर्पक्षका लागि थुनामा छन् । यो आफैँमा एउटा लाजमर्दो काम थियो ।
अर्को उनी थुनामा परेपछि अर्थात त्यसअघि नै राजीनामा दिएपछि खाली भएको त्यो पदमा नियुत्ती हुनका लागि उपयुक्त पात्र नै भेटेन यो दुई तिहाइमध्येबाट ।
संस्दको सभामुखको पद भनेको एकक्षण पनि खाली हुन नहुने पद हो । कथंकाल संसद विघटन भयो भने पनि यो पद वा भनौँ सभामुख कायमै रहन्छन् ।
त्यस्तो ठाउँमा आफूले दुई तिहाइ पाएको भन्दै नागरिकसँग अनेक प्रकारका पौँठेजोरी खेलिरहेको सरकारले त्यो पद खाली भएको चार महिनासम्म पूर्ति गर्नै सकेन ।
त्यति मात्र होइन आफैंले संसद्को आह्वान ग¥यो र यो पदपूर्ति नभएका कारण बितेको पुरै महिना विनाबैठक नै सुचना टाँसेर दिन पर सार्दै गइरहेको छ । यो अर्को लाजमर्दो विषय थियो । सभामुख नहँुदा राष्ट्रलाई क्षति भइसकेको छ । जस्तो अघिल्लो अधिवेशनले पारित गरेका कानुनहरु प्रमाणित हुन पाएनन यो चार÷पाँच महिनाको समयमा । सभामुख बाहेक अरुले प्रमाणित हुन नपाउनु भनेको सामान्य कुरा होइन । त्यसकारण दुई तिहाइको संख्या रहेको स)सद्मा त्यस्तो संख्या बोक्ने दलले देशमा देखाएको रमिता नै हो । यसलाई पर्यवेक्षकहरुले यही रुपमा लिएका छन् ।
बितेका समयलाई हेर्दा अन्तिम भनी टाँसिएको म्याद सकिन अब एक दिन मात्र बाँकी छ । व्यक्ति–व्यक्तिबीचको भागबण्डाका कारण त्यो दिनसम्म पनि उम्मेद्वार टुंगो लाग्ने छाँटकाँट देखिएको छैन । भागबण्डाको यस्तो चरम रुपमा यता समाजलाई भने यस्तो पदमा कतै अपराधी पृष्ठभूमिका व्यक्तिले ठाँउ पाउने हुन कि भन्ने चिन्ता बढ्न थालेको पाइयो । यही क्रममा नागरिक समाजका प्रबुद्ध वर्गको ठूलो संख्याले अपिल नै सार्वजनिक गरे । यो अपिलमा पद खाली भएको चिन्ता त प्रकट भयो नै कतै अपराधिक पुष्ठभूमिका व्यक्ति आउने हुन कि भन्ने चिन्ता पनि प्रकट भयो । यो भनेको देशमा शासन गरिरहेको दुई तिहाइको नेतृत्व कति अविश्वासिलो र अपराधलाई कस्तो स्तरसम्मको संरक्षणकर्ताका रुपमा चिनन थालेछ भन्ने एउटा उदाहरण नै हुनु पर्छ । संसद्ले गर्नुपर्ने काम त्यसले नगर्दा बाहिरबाट आवाज उठाउन बाध्य भइरहेको अवस्थाको पनि यो एउटा नमुना नै मानौं ।
यतिबेला जे भैरहेको छन् त्यो संसद्लाई आलंकारिक बनाउन खोजिएको हो कि भन्ने शंका व्यापक भएको छ । संसद्का बैठक नचल्दा सबैभन्दा बढी सजिलो सरकारलाई हुन्छ र यता नागरिकका पीरमर्काको चुली थपिँदै जान्छ । उदाहरणको लागि पछिल्लो समय लामो आन्दोलन गरेर पनि उखु किसान रित्तै हात फर्कन परेको उदाहरण हेरे पुग्छ । आफूले उत्पादन गरेको वस्तु बेचेको रकम पाउन पनि किसानले आन्दोलन नै गर्न प¥यो । सबैतिरबाट राजधानीमा आएका किसानलाई सरकारले फस्याकफसुक पारेर फिर्ता पठायो । उनीहरुले यस्तो आन्दोलन एक महिनासम्म चलाएका थिए । यदि यो बेला संसद् हुन्थ्यो भने उसले नै यी किसानको अभिभावकत्व लिने थियो । तर, त्यसो हुन पाएन । यो वा त्यो बहानामा सरकारले संसदलाई छलि नै रह्यो यो बेलासम्म ।
अब पछिल्लो समय त सत्तारुढ दलकै नेताले आफूलाई जनताले निर्वाचित नगरे प्रधानमन्त्री बनाउन प्रस्ताव नै गरे । यो भनेको कस्ता नेताको हातमा सत्ता छ भन्ने नमुना मान्नु पर्छ । यसले संसदीय पद्धतिमा नै शंका जन्माएको पाइयो । त्यसका उदाहरणहरु सबैतिर प्रकट भइरहेका छन् । त्यसमध्येको एउटा हो, यी विषयबाट चिन्तित भएर आएका प्रतिक्रियाहरु ।
संसद् यसरी सत्ततापक्षको खेलवाडको घेरामा परिरहेकै बेला देशका ख्यातिप्राप्त १७ जना नागरिक अगुवाले अपिल जारी गर्दै भनेका छन् “प्रतिनिधिसभाको सभामुख पदमा उम्मेद्वार बन्न चाहने संसद सदस्य संविधानअनुसार उच्च नैतिक चरित्रवान हुनुका साथै सक्षम , जनस्तरले समेत कुनै गुनासो नगरेको तथा कुनै कानुनले अयोग्य नभनेको ,अभियोगरहित एवंमप्रतिनिधिसभालाई कुशल नेतृत्वका साथ अगाडि बढाउन सक्ने भनि नेपाली नागरिकले समेत विश्वास गर्न सक्ने हुनुपर्छ ।”

जनमन्च साप्ताहिकबाट