लण्डन । राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्केलले अन्तत शाही पदवी पूर्ण रुपमा त्यागेका छन् । महारानी एलिजावेथले एक सहमतिलाई शनिवार पूर्णता दिंदै ह्यारी र मेगनलाई राजपरिवारवाट छुट्याएकी हुन् ।
अव ह्यारीका अगाडि हिज रोयल हाइनेश र मेगनका नाम अगाडि हर रोयल हाइनेश पदवी रहने छैन । महारानी एलिजावेथले सहमतिलाई सार्वजनिक गरेसंगै ह्यारी र मेगनले अव राजपरिवारको काम गरेवापत पाउने पव्लिक फन्डवाट पारिश्रमिक पाउने छैनन् भने उनीहरुले वेलायतमा रहेको घर मर्मत गरेको ३ मिलियन डलर पनि फिर्ता गनु ।
यो जोडीले गत हप्ता वेलायती राजपरिवारको वरिष्ठ सदस्यता त्याग गर्ने घोषणा गरेसंगै संसारभर एकप्रकारको तरंग सिर्जना भएको थियो । उनीहरुको राजपरिवारको सदस्यता त्याग्ने घोषणासंगै महारानी एलिजावेथले राजपरिवारको एक वैठक गरी ह्यारी दम्पत्तिको निर्णयमा सहमति जनाउंदै उनलाई क्यानाडा र वेलायतमा समय विभाजन गरेर वस्न अनुमति दिएकी थिइन् ।