रक्तचापमा गडबडी देखिएपछि उपचारार्थ भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल यतिबेला राजनैतिक भेटघाटमा व्यस्तहुनुहुन्छ । त्यहाँ उहाँलाई काँग्रेसकै अर्का नेता प्रदीप गिरीले सहजकताको भूमिकामा सहयोग गरिरहनुभएको छ । बुधवार नेता पौडेलले सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का उपाध्यक्ष तथा भारतका रक्षा मन्त्री राजनाथ सिंह र राष्ट्रिय स्वयंसेवक संघका प्रमुख डा.मोहन भागवत संग भेट गर्नुभएको थियो। पौडेलले बिहीवार भाजपाकै पूर्व अध्यक्ष नीतीन गडकरीसँग भेट्नुभएको थियो । पौडेलको योराजनीतिक भेटघाटमा सहजीकरण गरिरहनुभएका गिरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका अध्यक्ष तथा गृहमन्त्री अमित शाहसँगको भेटका लागि प्रयास गरिरहनु भएको समाचार स्रोतले बताएको छ। स्रोतका अनुसार, पौडेलले सम्पन्न राजनैतिक भेटघाटका क्रममा नेपालको आन्तरिक राजनीतिका विषयमा र नेपाल भारत सम्बन्धका विषयमा खुलेरै कुरा राख्नभएको थियो । नेपाली काँग्रेसभित्र हाल देखा परेको किचलो र देउवाका
कामकारबाहीबाट असन्तुष्ट पौडेल काठमाडौंमा हालै सम्पन्न काँग्रेस जिल्ला सभापतिहरुको भेलालगतै दिल्ली
हान्निनुभएको थियो । केही समयअघि दिल्ली पुग्नुभएका काँग्रेस नेता तथा सासद प्रदीप गिरीले बोलाएपछि दिल्ली
जानुभएका पौडेलले त्यहाँ गर्नुभएका राजनैतिक भेटघाटले काँग्रेस भित्रकै राजनीतिलाई नयाँ समीकरणको बाटोतर्फ
लाने संकेत दिएको छ। विगत केही समययता पार्टी
सभापति शेरबहादुर देउवा र पौडेलबीच संवादहीनता सिर्जना भएको थियो । दलमा एकलौटी ढंगले बहुमतका आडमा देउवाले जथाभावी निर्णय लाद्न थालेपछि नेता पौडेललगायत महामन्त्री डा. शशांक कोइराला, पूर्व उपाध्यक्ष तथा महामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद
सिटौला, रामशरण महत, अर्जुननरसिंह केसीलगायतका नेता असन्तुष्ट हुनुहुन्थ्यो। दलमा द्वन्द्व बढिरहेका क्रममा सभापति देउवाले सबै काम सहमतिमा नै गर्ने वचनबद्धताका साथ छलफल गर्न तयार भएको भन्दै गत आइतवार पौडेललाई छलफलका लागि आमन्त्रण गर्नुभएको
’थियो । पौडेल, आफू स्वास्थोपचारका ’लागि दिल्ली जाने तयारीमा रहेकाले उताबाट फर्केपछि मात्रै छलफलमा सहभागी हुने जवाफ पठाएर गत सोमवार दिल्ली प्रस्थान गर्नुभएको थियो।

बिमर्श साप्ताहिकबाट