बारा । कलैया उपमहानगरपालिका–१८ मनगढवास्थित सडकमा ना।१५ प ५७४३ नम्बरको मोटरसाइकल हाल नम्बर नखुलेको ट्याक्टरको टेलरमा बिहीबार बिहान ठक्कर खाँदा मोटरसाइकल चालक वीरगंज महानगरपालिका–२४ मनगढवा बस्ने धुलन्दर कुमार गिरीकोघटनास्थलमै मृत्यु भएको छ ।