नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी सशस्त्र युद्दका वेला मारिएका पांच हजार मानिसको मात्र आफुले जिम्मेवारी लिने वताउनु भएको छ ।
युद्धका क्रममा करिव १७ हजार मानिस मारिए पनि १२ हजार मानिस भने राज्यको तर्फवाट मारिएको दावी गर्नुभयो ।
टुंडिखेलमा आयोजित माघी महोत्सवलाई सम्वोधन गर्दै चारैतिरवाट १७ हजार मानिस मारेर सत्तामा आएको भन्दै आफ्नो आलोचना हुने गरेको वताउनुभयो । माओवादी युद्दताका प्रचण्ड माओवादी सेनाको सुप्रिम कमाण्डर समेत हुनुहुन्थ्यो ।
कार्यक्रममा वोल्ने पूर्ववक्ताहरुले समेत १७ हजार मानिसलाई मारेर सत्तामा आएको माओवादीले पनि जनअपेक्षा अनुरुप काम गर्न नसकेको भनी आलोचना गरेका थिए । उनीहरुले थारु समुदायको सभासद् रेशम चौधरीलाई पनि झुठ्ठा मुद्दा लगाएर थुनिएको वताएका थिए ।
साथीहरु तथ्यलाई सच्याउनु पर्यो, प्रचण्डले भन्नुभयो, माओवादीका तर्फवाट मारिएका ५ हजार मानिसको म जिम्मेवारी लिन्छु । अध्यक्ष प्रचण्डले जिम्मेवारी लिएर के गर्ने भन्ने वारेमा भने केही प्रष्ट पानुभएन ।
यसअघि मानिसहरु युद्दका क्रममा मारिएका भन्दै आउनु भएका अध्यक्ष प्रचण्डले वुधवार भने आफुले जिम्मेवारी लिने वताउनु भएको हो । उहांको यो अभिव्यक्तिले आगामी दिनमा उहांलाई अन्तराष्ट्रिय मञ्चहरुमा कस्तो असर पर्छ भन्ने विषय भने वांकी नै छ । प्रचण्डले सभासद् रेशम चौधरीलाई पनि चांडै नै थुनामुक्त गराउन भूमिका निर्वाह गर्ने आश्वासन दिंदै दिल्लीमा प्रधानमन्त्री हुंदा नै चौधरीलाई भेटेको समेत स्मरण गर्नुभयो । तर सो समयमा भने प्रचण्डले चौधरीलाई जानाजान नभेटेको वताउनुभएको थियो ।