काठमाडौं । गायिका फिबी परियारको “बिर्सन गाह्रो छ्” बोलको गीत बजारमा आएको छ । काठमाडौमा एक पत्रकार सम्मेलन गरी उक्त गीत सार्वजानिक गरिएको हो ।

“मेरो यो पहिलो प्रयास हो, मलाई लाग्छ यो गीतलाई सबै जनाले माया गर्नुहुनेछ ।” गायिका परियारले भनिन । गीतमा गीतकार सुशिल दाहालको शब्द,चर्चित सङ्गितकार राजु सिंहको सङ्गित र गायिका फिबि परियारको सुमाधुर आवाज सुन्न सकिन्छ ।गीतलाई अल्टर मिडियाले बजारमा ल्याएको हो ।

भिडियोलाई निर्देशक अरुण जंग शाहीले छायांकन,निर्देशन र सम्पादन गरेका हुन भने सुबास भुसाल,पारु कार्की र पूजा थापाको उत्कृष्ट अभिनय हेर्न सकिन्छ ।