काठमाडौ । देशको राजनीति पैसावालाको हातमा पुगेको छ। अवैध माध्यमबाट पैसा कमाउनेहरू मात्र चुनाव लड्न सक्ने अवस्था छ। स्थानीय तहको निर्वाचनमा गाउँपालिकाकै चुनावमा उम्मेदवारहरूले एक करोड भन्दा धेरै खर्च गरे। यस्तो परिस्थितिले पैसा नहनेहरू राजनीति गर्ने नसक्ने अवस्थामा पुगेको छ।
चुनावमा टिकट पनि पैसावालहरूले नै पाउने गरेका छन् । पैसाकै आधारमा टिकट पाएर चुनाव जिलेका धेरै जनप्रतिनिधि मध्ये एक हुन् बाग्लुङका ढोरपाटन नगरपालिकाका प्रमख देवकुमार नेपाली । नेपालमा उनी एक मात्र यस्ता नेता हुन् जो जिल्लाबाट पोखरा तथा काठमाडौं आउँदा हेलिकोप्टर प्रयोग गर्दछन् । उनकै आफ्नै निजी हेलिकोप्टर छ। घरको छत मै हेलिप्याड बनाएका छन् । तर, उनको यस्तो अर्बपतिको जस्तो जीवनशैली जीउने कुनै आर्थिक स्रोत भने
देखिदैन । अवैध गतिविधिबाट उनले यसरी पैसा कमाएका हुन ्।
द्वन्द्वको समयदेखि नै उनी तत्कालिन माओवादी निकट थिए। त्यसबेला माओवादीले लुटेको सम्पत्ति राख्ने जिम्मेवारी उनले पाएका थिए । त्यही पैसाबाट अहिले उनले करोडौंको सम्पत्ति जोडेका हुन् । त्यतीबेला होइन उनले बाग्लुङमा चरेश तस्करी समेत गरेको स्थानीयहरू बताउँछन् ।
एक तिब्बती महिलासंग दोस्रो बिहे गरेका उनले सुन तस्करी समेत गरेको स्रोत बताउँछ ।उनको काठमाडौंमा दुई वटा पोखरामा ४ वटा घर छन् । बुर्तीवाङमा दरबारजस्तो होटल खोलेका छन् ।
रेन्जरोभर गाडी चढ्ने उनी कुनै समय सामान्य पेटी ठेकदार थिए । नेकपाका अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादलसँग समेत उनको हिमचिम छ । पैसाकै कारण त्यो सम्बन्ध बनेको हो । बादलसँगकै निकटता देखाएर जिल्लाका सिडिओ र एसपीलाई समेत हप्काउने गरेका छन् । बादलकै दबाबमा बाग्लुङ प्रहरीले उनलाई नियम मिचेर पिएसओ दिने तयारी गरेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन गरेमा उनी फन्दामा पर्ने निश्चित छ।
दृष्टी साप्ताहिकबाट