काठमाडौ । सार्वजनिक बसभित्र हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गर्ने रबिन सार्की लाई प्रहरीले सार्वजनिक गरेको छ ।
उनले उक्त फोटो समाजिक संन्जालमा अपलोड गरेपछि प्रहरीले खोजेको पत्ता लगाएपछि भारतमा गएर बसेका थिए ।

केही महिना भारत बसेपछि नेपाल फर्किएका रबिनलाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार भिडियो २०७५ साल साउनमा खिचिएको थियो भने ६ महिनापछि सामाजिक सञ्जालमा रबिन रुचालको नामबाट सार्वजनिक भएको थियो ।
सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ६ महिनापछि मात्रै पीडितले प्रहरीमा दिएको जाहेरीको आधारमा रबिनलाई पक्राउ गरी कारवाही अगाडि बढाएको उहांले जानकारी दिनुभयो ।

करिब एक वर्षअघि ललितपुरको डल्लु–लगनखेल रुटमा चल्ने अनुमान गरिएको सार्वजनिक यातायातभित्रै हस्तमैथुन गरेर युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सार्वजनिक भएपछि त्यसको निकै आलोचना भएको थियो ।