नेपाल सरकारबाट राजीनामा स्वीकृत नभए पनि स्वास्थ्य तथा जनसंख्या सचिव डा. पुष्पा चौधरीले विश्व स्वास्थ्य संगठन (डब्लूएचओको भारतस्थित नयाँदिल्ली कार्यालयमा जागिर खादै आएकी छन् । चौधरी कानुनतः अहिले पनि नेपाल सरकारको सचिव हुन् । स्वास्थ्य मन्त्रालयको बेबसाइटमा उनको तस्वीर सचिवका
रुपमा राखिएको छ। तर उनी दिल्लीस्थित डब्लुएचओको पी ५ सहसचिव स्तरको जागिर खाइरहेकी छन्। सुविधा धेरै भए पनि उनी
सचिवस्तरबाट सहसचिवस्तरको जागिरमा । रमाइरहेकी छन् । डब्लुएचओमा नाम निस्किएको केही समयपछि २०७६ कात्तिक १३ बाट लागू . हुने गरी उनले दिइन् । तर उनको राजीनामा “ सरकारले अस्वीकृत गयो । राजीनामा अस्वीकृत गरे पनि उनी सचिवको रुपमा काम गर्न आएकी छैनन् । डब्लुएचओमै
जागिर खाइरहेकी छन् । उनले मंसिरको तेस्रो साता राजीनामा स्वीकृत गर्न माग गर्दै पुनः निवेदन दिएकी थिइन् । सरकारले उनको पछिल्लो राजीनामा पनि स्वीकृत गरेको छैन । यसरी नेपाल सरकारको सचिव दुईतिर जागिर खाएको बिषयमा सरकारले
गम्भीरतापूर्वक लिएर विभागीय कारबाही गर्न सक्छ । विभागीय
कारबाही गरे उनले निवृत्तिभरण (पेन्सन) पाउँदिनन् । तर साढे दुई महिनादेखि डब्लुएचओमा जागिर खाइरहेकी सचिवमाथि सरकारले विभागीय कारबाही समेत गर्न सकेको छैन । सचिव चौधरीले २०७६ कात्तिक १७ देखि डब्लुएचओको जागिर खाइरहेको कुरा स्रोतले दृष्टिलाई बताएको छ ।
दृष्टी साप्ताहिकबाट