पदीय हैसियतको दुरुपयोग गरेको भन्दै प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस भएकी प्राविधिकतर्फकी डा.डिआइजी आशा सिहंविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
पाउँदै नपाएको पदकको दुरुपयोग गरेको उजुरी आयोगमा दर्ता छ । डा.डिआईजी आशा सिंहले गोरखा दक्षिण बाहु र संयुक्त राष्ट्र संघको मेडलको दुरुपयोग गरेको ठहर गर्दै त्यसको छानबिनका साथै आवश्यक कारवाहीको माग गर्दै उजुरी परेको छ ।
डा.सिंहको बिभिन्न कार्यक्रममा खिचिएका सयौं फोटो तथा भिडियोबाट उनको पोशाकमा उक्त गोदवा र यूयन मडल झुण्डिएको देख्न सकिन्छ । जुन उनले नपाएको जिकिर उजुरीमा परेको छ । डा. सिंहलाई १४ पुसमा एआईजीमा बढुवा सिफारिस गरिएको थियो । उनको सिफरिससंगै अर्का प्रतिस्पर्धी डा. मिनराज पाठकले लोक सेवा आयोगमा बढुवा समिति उपर उजुरी दिएका छन् । लोकसेवाबाट पनि सोमबारसम्म यसको नतिजा सार्वजनिक भएन ।
उता डा. सिंहविरुद्ध २७ पुसमा आयोगमा उजुरी परेको थियो । डा.सिंहले संयुक्त राष्ट्र संघिय शान्ति मिसनमा सहभागी नभए पनि यूएनको तक्मा र राष्ट्र प्रमुखबाट पाउनुपर्ने गोदवा लगाएको भेटिएको थियो ।
प्रहरी प्रवत्ता शैलश थापाले मिसनमा सहभागी नभई राष्ट्रसंघमा योगदान गरेबापत पाउने सम्मान वा पदक लगाउनु गैरकानुनी हुने बताए । योविषयमा छानबिन र आवश्यक कारबाही हुने उनले जानकारी दिएका छन् । सिंहले कार्यालय पाशाकमै सुडान मिसनमा सहभागी भएबापत प्रदान गरिने तक्मा लगाएको देखिन्छ ।
डिआईजी हुँदा सिंहले पदक लगाएको फोटो राखेकी छिन् भने एसएसपी हुँदा उक्त पदक लगाएको भेटिँदैन र डिआईजी भएपछि सिंहले युनाइटेड नेसन्स मिसन सुडानको कुनैपनि मिसनमा भाग लिएकी छैनन् । सार्वजनिक पदमा बसेर सरकारी तथा अन्राषर््िट्रय चिन्हको दुरुपयोग गरको हुँदा डा.सिंहलाई पक्राउ गरि कारबाही गर्न उजुरीमा माग गरिएको छैन । अख्तियारमा परेको उजुरीमा डा.सिंहले संलग्न नै नभएको अन्तराषर््िट्रय मिसनबाट प्राप्त हुने रिवन प्रयोग गरेको फोटो र सिंहले पाउँदै नपाएको तक्मा प्रयोग गरको अवस्थामा खिचिएको भिडियो समेत पेश गरिएको स्रोतको दाबी छ ।
जुन अपराधमा सिंहलाई दुई वर्षसम्म कैद र एक लाख रुपैंयासम्मको जरिवाना हुन सक्छ । उनको यो हर्कतले बढुवा सिफरिस समेत विवादमा परेको छ । स्रोतका अनुसार उनले योि चिन्हको तिन बर्षैदेखि दुरुपयोग गर्दै आएकी छिन् ।।