क्यालिफोर्निया । चलचित्र क्षेत्रको विश्वविख्यात अवार्ड ओस्कारमा चलचित्र जोकर ११ विधामा मनोनयमा परेको छ । सोमवार विहान सार्वजनिक गरिएको मनोनयमा उत्कृष्ट चलचित्रमा फोर्ड भर्सेज फरारी, द आइरिसम्यान, जोजो र्याविट, लिटील उमन, जोकर, म्यारिज स्टोरी, वन्स अपन अ टाइम इन हलिउड, प्यारासाइट, र १९१७ परेका छन् ।
उत्कृष्ट अभिनेतामा एन्टीनियो वन्डेरास (पेन एण्ड ग्लोरी), लियोनार्दो डिक्याप्रियो (वन्स अपन अ टाइम इन हलिउड), एडम ड्राइभर (म्यारिज स्टोरी), जोक्युइन फोनिक्स (द टु पोप्स) र उत्कृष्ट अभिनेत्रीमा सिन्थिया इरिभो (ह्यारियट), स्कारलेट जोहन्सन ( म्यारिज स्टोरी), सार्से रोनान् (लिटिल उमन), रेनी जेलवेगर (जुडी) र चार्लिज थेरोन (वम्वसेल) मनोनयनमा परेका छन् । उत्कृष्ट निर्देशकहरुमा मार्टिन स्कोर्सेस (द आइरिसम्यान), क्वेन्टिन टारान्टिनो (वन्स अपन अ टाइम इन हलिउड), , वंग जुन हो ( प्यारसाइट), साम मेन्डेस (१९१७) र टोड फिलिप्स (जोकर)वाट मनोनयमा परेका छन् ।
ओस्कार अवार्ड सेरेमोनी फेव्रुअरी महिनाको ९ तारिकमा हुने कार्यक्रम छ ।