नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाट्टाको २०७६ माघ ३ मा हुने निर्वाचनमा तीन समूहले उम्मेद्वारी दिएका छन् । संघको ५३ औं साधारणसभाबाट हुने केन्द्रीय निर्वाचनमा अध्यक्षको लागि नकपानिकट भीमप्रसाद पन्तको समूह चुनावी मैदानमा बलियो गरी खडा भएको छ ।
कांगे्रस निकट मिहिका राज्यलक्ष्मी शाह धाख्वा र अच्युत गुरागाईंको छुट्टाछुट्टै प्यानल बनेको छ । कांग्रेसनिकट दुई समूह भएका कारण पनि पन्त समूहलाई थप सहज भएको हो ।
२०७६ पुस २४ सम्म उम्मेद्वारी फिर्ता नलिएपछि अब तीनै समूह चुनावी मैदानमा भिड्ने निश्चित भएको छ । नेकपा निकट व्यवसायी बीचकै मनोमालिन्यका कारण विगतमा टानको चुनाव हार्न पुगेपछि त्यसबाट शिक्षा लिई अहिले पन्त समूहलाई एकमना एकताका साथ चुनावमा उतारेको छ । तर, कां्रग्रेसका भने शाह र गुरागाईं २ प्यानल मैदानमा देखिएका छन् । यी दुई प्यानल अडानमै रहेर निर्वाचनमा होमियो भने वामपन्थी समूहले जित्ने सम्भावना रहेको छ । पन्तको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा विनय बस्नेत , उपाध्यक्षमा वरुण मेहता महासचिवमा सुधिरकुमार उपाध्याय पौडेल, सचिवमा जिस्वान तुलाधर श्रेष्ठ र कोषाध्यक्षमा हरिभक्त श्रेष्ठले उम्मेद्वारी दिएका छन् ।
त्यस्तै शाहको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा नारायणप्रसाद गुरुङ उपाध्यक्षमा रमेश थापा , महासचिवमा कमला गुरुङ, सचिवमा अमृत कुमार ढकाल, कोषाध्यक्षमा देवकी गुरुङ्ग रहेका छन् ।
अच्युत गुरागाईंको प्यानलबाट भने वरिष्ठ उपाध्यक्षमा हेमराज बास्तोला, उपाध्यक्षमा यज्ञमूर्ति आचार्य, महासचिवमा राकेश धमला ,सचिवमा गोविन्द दाहाल र कोषाध्यक्षमा कुमार थपलियाले उम्मेद्वारी दर्ता गराएका छन् ।

साँघु साप्ताहिकबाट