निजी क्षेत्रको चर्चित सञ्चारमाध्यम कान्तिपुर टेलिभिजनका सहायक महाप्रबन्धक भूषण दाहालले झन्डै डेढ दशकको आबद्धता तोड्दै सो टेलिभिजनबाट बाहिरिएका छन् । उनले २०७६ पुस २४ गते राजीनामा दिएर बाहिरिएको त्यहाँ कार्यरत पत्रकारहरुले बताएका छन् । करार सेवामा कार्यरत उनले बिदा हुँदा भने रित्तो हात छोड्नुपरेको बताईन्छ ।
त्यसो त उनी व्यवस्थापनको व्यवहारबाट वाक्कदिक्क भएर छोड्ने मनस्थिति बनाएर सन् २०१२ मा कागबेनी डकुमेन्ट्री बनाउनका लागि हिंडेका थिए । लामो समय त्यहाँ बिताएर जिम्मेवारीप्रति बेवास्ता गरेपछि दाहाललाई त्यतिखेरै टेलिभिजनबाट निस्कासन गर्नेसम्मको तयारी समेत गरिएको थियो । त्यतिबेला कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका छोरा सम्भव सिरोहियाले कान्तिपुर टेलिभिजनको कमान्ड सम्हालेका थिए । तत्पश्चात सम्भवले सो जिम्मेवारी छोडेसंगै टेलिभिजनको सबै जिम्मेवारी र नेतृत्व दाहालले नै सम्हाल्दै आएका थिए । कान्तिपुर टेलिभिजनबाट सोमबार प्रसारण हुने कार्यक्रम फायर साइड का प्रस्तोता समेत थिए,दाहाल ।
कान्तिपुर मिडिया ग्रुपअन्तर्गतको कान्तिपुर पब्लिकेसन्सको २०७६ फाल्गुन ७ गते बार्षिकोत्सवको महवपुर्ण घडीको पुर्वसन्ध्यामा दाहाल काम गर्ने वातावरण नभएको भन्दै वाक्कदिक्क मान्दै विगत १६ वर्षदेखिको संग्लनताबाट मुक्त हुनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । त्यसका साथै लामो समयदेखि टेलिभिजनको मार्केटिङ हेरिरहेकी चारु श्रेष्ठले समेत राजीनामा दिएकी छिन् ।
यसरी एकपछि अर्को गर्दै राजीनामा आउने क्रम बढेपछि कान्तिपुर पराकम्प आएको छ । यता श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक समेत कान्तिपुर मिडिया ग्रुपले उपलब्ध नगराएकाले सुचना तथा प्रसारण विभागले प्रदान गर्ने रातो कार्डसमेत कान्तिपुकर्मीले लिन पाएका छैनन् । त्यसैले उनीहरु समाचार संकलन तथा प्रसारणका लागि सिंहदरबारमा प्रवेश गर्न पाउँदैनन् । हाल कान्तिपुर टेलिभिजनले सचारकर्मी सविन धमलाको नयूज एजेन्सी नेपाल नामको संस्थाबाट भिज्यूअल किनेर काम लिइरहेको श्रोत बताउँछ । त्यसो त नेपाल सरकार र नेपाल पत्रकार महासंले पत्रकारहरुको न्यूनतम पारिश्रमिक उपलब्ध उपलब्ध गराउन दिएको निर्देशनलाई अवज्ञा गर्दै आएको छ ।
उता कान्तिपुर पब्लिकेसन्सको आगामी फाल्गुन ९ गते हुने बार्षिकोत्सव नजिकिदै जाँदा आर्थिक अवस्थाको श्रोत भने खस्किदै गएको श्रोतले बताएको छ । आव २०७५ ⁄७६ को भन्दा आव २०७६⁄ ७७ को प्रथम चौमासिक मा पब्लिकेसन्स ४२ करोड रुपैयाँ घाटामा गएको बताइन्छ । यही गतिमा घाटा हुँदै जाने हो भने चालु आवको अन्त्यसम्म झन्डै १ अर्ब २५ करोड रुपैयाँ नोक्सान हुने देखिन्छ । त्यसको मार पब्लिकेसन्समा कार्यरत श्रमजीवी पत्रकारहरुमा पर्ने देखन्छ ।।