काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय वैठकले उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेलाई पदवाट राजीनामा गराएर सभामुखको निर्वाचिन प्रक्रिया अगाडि वढाउने निर्णय गरेपनि उपसभामुख तुम्वाहाम्फेले सो निर्णयलाई स्वीकार गरिनन् । निर्णय स्वीकार गरेर राजीनामा नवुझाएकोले अव सभामुख निर्वाचन प्रक्रिया कसरी अगाडि वढ्छ भन्ने टुंगो लाग्न सकेको छैन ।
सभामुखको चयन गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी असफल भएपछि त्यसको असर पुष ५ गतेवाट लगातार संसदमा पर्दै गएको छ र सुचनावाट संसद स्थगित हुंदै आएको छ । । प्रधानमन्त्री ओली संविधानसभाका अध्यक्ष तथा पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाडलाई सभामुखमा ल्याउन चाहन्छन् तर अध्यक्ष प्रचण्ड पूर्व माओवादीवाट अग्नी सापकोटालाई सभामुख वनाउन चाहन्छन् । राष्ट्रपति विद्यादेवी भण्डारी भने उपसभामुख तुम्वाहाम्फेलाई नै सभामुख वनाउने रणनीतिमा हुनुहुन्छ ।
उपसभामुख तुम्वाहाम्फेले आफै राजीनामा नदिएको कारण पनि प्रधानमन्त्री ओली तथा अध्यक्ष प्रचण्डलाई कठिनाइ भएको छ । संवैधानिक व्यवस्था अनुरुप एउटै पार्टीवाट सभामुख र उपसभामुख निर्वाचित गर्न पाइदैन, र सभामुख र उपसभामुख फरक लिंगवाट हुनुपर्नेछ, जुन प्रावधानले नेकपालाई सभामुखको उम्मेद्धार खडा गर्न असंभव वनाइदिएको छ । संवैधानिक संकट वुझेकी उपसभामुख तुम्वाहाम्फे आफुलाई सभामुखको उम्मेद्धार वनाउने प्रतिवद्धता पार्टीले नदेखाएसम्म राजीनामा नगर्ने अडानमा हुनुहुन्छ । उपसभामुख तुम्वाहाम्फेलाई हटाउन पार्टीले नसक्ने भएकोले पनि नेकपालाई कठिनाइ भएको हो ।