काठमाडौ । संघीय संसदको सभामुख चयनकालागि सत्तारुढ नेकपाको सचिवायल बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सभामुख चयनको बारेमा छलफल हुने भएको हो । सभामुख चयनमा दुइृ अध्यक्षबीच कुरा नमिल्दा संसद बैठक अनिर्णयको बन्दीमा परेको छ ।
दुई अध्यक्षबीच आ–आफ्नै खेमाका मान्छे सभामुख हुनुपर्ने चटनी अडानका कारण सभामुख चयन हुन सकेको छैन । प्रधान मन्त्री केपी ओलीले पूर्व सभामुख सुभाष नेम्वाङको पक्षमा अडिक रहेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि अग्नी सापकोटा वा शिवमाया तुम्वाहाम्फेलाई सभामुख बनाउने अडान लिएपछि बिवादले उग्ररुप लिएको छ ।
दुई अध्यक्षको फरक फरक उम्मेदवार भइरहँदा उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेले सभामुखका लागि दरिलो दाबेदारी प्रस्तुत् गरेकी छिन् । नेकपा सचिवालय स्रोतकाअनुसार प्रधानमन्त्री ओली पूर्वमाओवादीबाट सभामुख बनाउनुपर्छ भन्ने प्रचण्डको प्रस्तावमा लचक देखिए पनि तुम्बाहाङ्फेको दाबीले दुवै अध्यक्ष थप अप्ठ्यारोमा परेका छन् ।