कालिकोट । कर्णाली प्रदेशको विकट जिल्ला कालिकोट विपन्न परिवारमा जन्मीएकी चर्चित अभिनेत्रीका रुपमा परिचित वर्षा भण्डाराको अभिनय रहेको म्युजिक भिडियो सिउदो सार्बजनिक भएको छ ।
“सिउदोमा सिन्दुर भरेर लयो, अलपत्र परी छोडेर गयौ” वोलको म्युजिक भिडियोमा बर्षा,चेतन बोहरा,ऋतु देउबा लगायतले अभिनय गरेका छन ।
लोकप्रिय गायिका शान्ति श्री परियारको आवाजमा रहेको गीतको शब्द स्वयम अभिनेतृ वर्षा भण्डारा कै रहेको छ ।
भिडियो एरेन्ज कमल सौराग, लय राजकुमार बगर,निर्देशन दीपक साँउद र क्यामेरा सम्पादन अमित बिश्वकर्माकोे रहेको छ ।
भण्डारा समाजको प्रस्तुति उक्त म्युजिक भिडियोमा समाजका गरिव विपन्न परिवारमा घटिरहने एउटा यथार्थ घटनालाई देखाईएको छ ।